बजेट भाषण : प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण

तु खबर संवाददाता
२०८० जेष्ठ १५,सोमबार १७:०९
file-photo

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो रकम वित्तीय हस्तान्तरणका रुपमा हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

वित्त आयोगको सिफारिसका आधारमा वित्त समानीकरणतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड गरी जम्मा १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

यस्तै, उनले असोज महिनासम्म र असार महिनामा रकमान्तर नगर्ने घोषणा गरेका छन् । उनले दुर्गम र पिछडिएका क्षेत्रका आयोजनामा विनियोजन भएको रकम अन्यत्र सार्ने प्रवृत्ति समेत रोक्ने बताए ।

विकासे काममा लिएको लक्ष्य हासिल गर्न आयोजना प्रमुखलाई जिम्मेवार बनाउने र आयोजना प्रमुख आयोजना अवधिभर नफेर्ने व्यवस्था समेत गर्ने उनले बताए ।