मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापाको कनकाई नगरपालिका–१ स्थित चुके कल्भर्टमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ६५ वर्षीय दिपराज चरज रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार, आइतबार बिहान बाटो पार गर्दै गरेका दिपराजलाई मे ९ प ५७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका उनलाई बिर्ता सिटी अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय अनारमनिले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।