पालिका स्तरीय वक्तृत्वकलाको प्रथममा सुष्मा प्रजा

तु खबर संवाददाता
२०८० जेष्ठ १५, सोमबार ११:०१

मकवानपुर । मकवानपुरको मनहरीमा ‘महिनावारी स्वच्छताको अभ्यास व्यवहारमा लागू गरौं’ विषयक वक्तृत्वकला प्रतियोगिता भएको छ । उक्त प्रतियोगिता मकवानपुर महिला समूहको आयोजना, मनहरी गाउँपालिकाको समन्वय तथा राष्ट्रिय रोटरी माविको व्यवस्थापनमा भएको हो ।

उक्त प्रतियोगितामा राष्ट्रिय मावि सुनाचुरीका छात्रा सुष्मा प्रजा प्रथम भईन् । यस्तै, रोटरी माविका छात्रा रोजिना प्रजा द्धितीय, रोटरी माविकै छात्रा उपमा स्याङ्तान र छात्र अनमोल बल क्रमशः तृतीय र सान्त्वना स्थान हाँसिल गर्न सफल भएका छन् ।

उक्त प्रतियोगितामा मनहरी गाउँपालिकामा रहेको पाँच वटा विद्यायका विद्याथीहरुले सहभागीता जनाएका थिए । जसमा महेन्द्र किरण मावि, महेन्द्र ज्योती मावि हाडिखोला, राष्ट्रिय मावि सुनाचुरी, राष्ट्रिय रोटरी मावि मनहरी र राष्ट्रिय मावि रमनटारका विद्यालय रहेका छन् ।