बागमती प्रदेश : गणतन्त्र दिवसको अवसरमा ६ जना पत्रकार पुरस्कृत

तु खबर संवाददाता
२०८० जेष्ठ १५,सोमबार १६:२२

मकवानपुर । १६ औं गणतन्त्र दिवसको अवसरमा ६ जना पत्रकार पुरस्कृत भएका छन् । बागमती प्रदेशको मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा प्रदेशको ६ वटा विधाका पत्रकारहरु नगदसहित पुरस्कृत भएका हुन् ।

पुरस्कृत हुनेहरुमा क्रमशः मकवानपुरका शिवकुमार काशी रिजाल, चितवनका अनिल ढकाल, दोलखाका प्रभु जिरेल, सिन्धुपाल्चोकका सुरेश कसजु, नुवाकोटका शक्तिमाया तामाङ र सिन्धुलीका बिक्रम रत्न रहेका छन् ।

रिजाललाई ग्रामीण पत्रकारिता पुरस्कार, ढकाललाई विकास पत्रकारिता पुरस्कार, जिरेललाई बागमती पत्रकारिता पुरस्कार, कसजुलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार, तामाङलाई प्रदेश गौवर पत्रकारिता पुरस्कार र रत्नलाई प्रदेश युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
उनीहरुलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संयुक्त रुपमा क्रमशः पत्रकारहरुलाई २० हजार रुपैयाँसम्मको नगदसहित पुरस्कार प्रदान गरेका थिए ।

यस्तै, सोही दिवसको अबसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले बागमती प्रदेशमा क्रियाशिल लेखक तथा पत्रकारहरुलाई खुल्ला लेख प्रतियोगितामा सहभागी हुन सुचना आब्हान गरे अनसार गणतन्त्रको १५ वर्षः अवसर र चुनौती विषयमा खुल्ला लेख प्रतियोगितामा विजयी पत्रकारहरुलाई समेत पुरस्कृत गरीएको थियो ।

जसमा प्रथम हुने सुरेन्द्र कार्की, द्धितिय हुने सुनिता बिष्ट (कृष्णा), प्रेमकला पौडेल र तृतिय हुने फडिन्द्र फुयाँल, अनिस मिजाँर, शिबराज योगीलाई क्रमस १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।

उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले राष्ट्रिय झण्डोतोलन गरेका थिए ।

यस्तै, सो अवसरमा आज हेटौंडामा प्रभातफेरी कार्यक्रमको पनि आयोजना गरिएको थियो । हेटौंडास्थ्ति बुद्धचोकमा भेला भई त्यहाँबाट झाकी जुलुससहित हेटौंडा नगरको विभिन्न स्थान परिक्रममा गरी मन्त्रिपरिषद् कार्यालय परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

प्रभातफेरी कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, मन्त्रीहरु, बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईँ, मन्त्रिपरिषद्का प्रमुख सचिव मुकुन्द निरौला, विभिन्न मन्त्रालयका सचिवहरु, मकवानपुरका प्रजिअ राजेन्द्र देव पाण्डेलगायत सुरक्षा निकायका उच्च अधिृकतहरु र विभिन्न कार्यालय प्रमुखहरु सहभागी रहेका थिए ।