समाचार
सोमबार झिनो अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से झिनो अंकले घटेको छ । सोमबार नेप्से सूचकांक ३.२१ अंकले घटेर २०४८ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत कुल २६७ कम्पनीहरुको ६६ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३३ करोड ३५ लाख ७३ हजारको...
मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले आइतबार काठमाडौंको सामाखुशीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्लिङ गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–६ बस्ने ३८ वर्षीय रविन्द्र राई रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको...
देशभर डेंगू संक्रमितको संख्या ७७३३ पुग्यो, सात जनाको मृत्यु
काठमाडौं । देशभर डेंगूको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म उक्त संख्यामा डेंगू संक्रमित फेला परेका हुन् । सो अवधिमा सात जना डेंगू संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा डेंगूका चारवटै...
एमालेको अवरोधपछि राष्ट्रिय सभा बुधबारसम्मका लागि स्थगित
काठमाडौं । नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । सोमबारको बैठकमा एमालले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता गरेको भन्दै अवरोध गरेपछि बुधबारसम्मका लागि राष्ट्रिय सभा स्थगित गरिएको हो । बैठकमा सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता...
हेटौंडाको पशुपतिनाथमा भक्तजनको घुइँचो
मकवानपुर । साउनको चौथो सोमबार आज विहानैदेखि शिव मन्दिरहरुमा भक्तजनहरुको घुइँचो देखिएको छ । हेटौंडा–४ हुप्रचौरस्थित पशुपतिनाथ मन्दिरमा बाक्लो सङ्ख्यामा हिन्दु धर्मावलम्बीहरुको घुइँचो लागेको हो । भक्तजनहरु साउने झरीमा रुझ्दै मन्दिर परिसरमा लाम लागेका छन् । त्यस्तै हेटौंडा–८ स्थित कालिकाटोलस्थित शिव मन्दिर, हेटौंडा– १० स्थित गोरक्षस्वर मन्दिर र त्रिवेणी...
सभामुख घिमिरेको आह्वानमा शीर्ष तीन दलका नेताबीच छलफल जारी
काठमाडौँ । संसदको गतिरोध हटाउनका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको आह्वानमा प्रमुख तीन दलका नेताहरुको बैठक भइरहेको छ । सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख विपक्षी एमालेका...
अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम मिति
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज सोमबार अन्तिम मिति रहेको छ । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर बिक्री खुला गरेको थियो । जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख...
ललिता निवास प्रकरण : चार पूर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा चार जना पूर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले जनाएको छ । ब्यूरो स्रोतका अनुसार अदालतले गच्छदारसहित पूर्व मन्त्रीहरू क्रमशः...
दुई साताका लागि विदेश उडे माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपाल दुई साताको लागि विदेश उडेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन उनी सोमबार विहान जेनेभा प्रस्थान गरेका छन् । अध्यक्ष नेपाल आगामी भदौ १ गतेसम्म स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रममा सहभागी हुने...
पाकिस्तान रेल दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ३० पुग्यो
काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ३० पुगेको छ भने एक सय जना घाइते भएका छन् । कराचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेसको रेल आइतबार दिउँसो सिन्ध प्रान्तको संघार जिल्लामा दुर्घटना भएको थियो । रेलको इन्जिन छुट्टिएपछि १० वटा डिब्बा पल्टिएको र ३० जनाको...










