दुई साताका लागि विदेश उडे माधव नेपाल

तु खबर संवाददाता
२०८० श्रावण २२,सोमबार ०९:२०
file-photo

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपाल दुई साताको लागि विदेश उडेका छन् ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन उनी सोमबार विहान जेनेभा प्रस्थान गरेका छन् ।

अध्यक्ष नेपाल आगामी भदौ १ गतेसम्म स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।

अध्यक्ष नेपालले आफ्नो अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न उपाध्यक्ष वेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।