सोमबार झिनो अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०८० श्रावण २२, सोमबार १६:१६

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से झिनो अंकले घटेको छ । सोमबार नेप्से सूचकांक ३.२१ अंकले घटेर २०४८ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत कुल २६७ कम्पनीहरुको ६६ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३३ करोड ३५ लाख ७३ हजारको कारोबार भएको छ ।

सोमबार नेप्से सामान्य अंकले घटेको भएपनि ९ उपसूचकमा हरियाली छाएको छ भने ४ उपसूचकमा भने रातो पोतिएको छ । सोमबार फाइनान्स उपसूचक सर्वाधिक १.६५ प्रतिशतले बढेको छ भने बैंकिङ उपसूचक सर्वाधिक ०.९४ प्रतिशतले घटेको छ ।