समाचार

एनआरएनए विश्व सम्मेलन अक्टोवर १७–२० मा हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसन १७ देखि २० अक्टोवरसम्म काठमाडौंमा हुने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले युवा, विज्ञ सम्मेलन समेत सोही अवधिमा गर्ने औपचारिक निर्णय गरेको गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले जानकारी दिए । सो बैठकले...

हेटौंडा सडक विस्तारमा सर्वोच्चको पेशी पुनः सर्यो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षत्रेको सडक विस्तारमा सर्वोच्च अदालतको पेशी पुनः सरेको छ । अदालतले साउन २१ गते आइतबारका लागि तोकेको पेशी हेर्न नमिल्नेमा परेपछि आगामी साउन २९ गतेसम्मको लागि सारेको हो । सर्वोच्चले आइतबारका लागि पेशी तोक्दै सडक विस्तारमा सर्वपक्षीय छलफलका लागि उपस्थित हुन आदेश...

सभामुखद्वारा प्रमुख तीन दलका शीर्ष नेताको बैठक आह्वान

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताको बैठक आह्वान गरेका छन् । संसदको गतिरोेध हटाउन सभामुख घिमिरले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गर्नका लागेको उनको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले सोमबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रधानमन्त्री एवं...

गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीन जना घाइते

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीन जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घाइते तीनै...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना...

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । राष्ट्रि यसभा बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पनि पढेर...

माओवादीले सबै तहका कमिटी निर्वाचनमार्फत चयन गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सबै तहका कमिटीहरु निर्वाचनमार्फत चयन गर्ने भएको छ । परम्परागत ढंगले कमिटीहरु गठन गर्दा चलायमान हुन नसकेको निष्कर्षका साथ अबदेखि माओवादीले निर्वाचन पद्दतिमार्फत कमिटीहरु गठन गर्न लागेको हो । माओवादी केन्द्रकी केन्द्रीय सदस्य नारायणी शर्माले बैठकले पार्टी तथा जनसंगठनका सम्पूर्ण कमिटीहरु निर्वाचनमार्फत चयन गर्ने...

अवैध लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले जुम्ला, सर्लाही, कैलाली, चितवन र झापा गरी पाँच छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले जुम्लाको चन्दननाथ नगरपालिका–६ विजयनगरबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ११० मिलिग्रामसहित सोही नगरपालिका–१० बस्ने १८ वर्षीय किशोरसमेत २...

पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको ज्यान गयो

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । कराँचीबाट एबोट्टावाद जाँदै गरेको हजारा एक्सप्रेस रेल दुर्घटनामा हुँदा १५ जनाको ज्यान गएको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ । पाकिस्तानका रेल मन्त्री साद रफिकले लाहोरमा भएको पत्रकार सम्मेनलमा दिएको जानकारी अनुसार ४५ किलोमिटर प्रतिघन्टाको...