माओवादीले सबै तहका कमिटी निर्वाचनमार्फत चयन गरिने
काठमाडौं । नेकपा माओवादी केन्द्रले सबै तहका कमिटीहरु निर्वाचनमार्फत चयन गर्ने भएको छ । परम्परागत ढंगले कमिटीहरु गठन गर्दा चलायमान हुन नसकेको निष्कर्षका साथ अबदेखि माओवादीले निर्वाचन पद्दतिमार्फत कमिटीहरु गठन गर्न लागेको हो ।
माओवादी केन्द्रकी केन्द्रीय सदस्य नारायणी शर्माले बैठकले पार्टी तथा जनसंगठनका सम्पूर्ण कमिटीहरु निर्वाचनमार्फत चयन गर्ने जानकारी दिइन् । शर्माका अनुसार, बैठकले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पनि सातै प्रदेशका सात वटा वडामा जनतासँग माओवादी विशेष रुपान्तरण अन्र्तगत खटिने निर्णय भएको छ ।
यस्तै, सबै पदाधिकारीको कार्यविभाजन तोकिएको छ भने रुपान्तरण अभियानको कार्यक्रम तय भएको छ । आगामी भदौ १६ गते एक समारोहकाबीच अभियानको शुभारम्भ गर्नेपनि केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकबाट जिम्मेवारी पाएका पदाधिकारीहरुले स्थायी र केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजनको टुंगो लगाएर सर्कुलर जारी गर्ने महासचिव देव गुरुङले जानकारी दिए ।
