समाचार

बागमतीमा नयाँ मन्त्रालय स्थापित, चित्रकारले पाए जिम्मेवारी

मकवानपुर । बागमती प्रदेश सरकारमा आइतबार नयाँ मन्त्रालय स्थापित गरिएको छ । प्रदेशमा ११ वटा मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा बनाइएको हो । नयाँ मन्त्रालयको रुपमा स्थापित उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी मन्त्री रामकृष्ण चित्रकारलाई तोकिएको छ । चित्रकार बागमती प्रदेश सरकारमा लामो...

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा मकवानपुरबाट ३८३ वटा उजुरी

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा गत आर्थिक वर्ष २०७९–०८० को अवधिमा मकवानपुरबाट ३८३ वटा उजुरी दर्ता भएको छ । जिल्लाको विभिन्न स्थानीय तहले काम गर्दा अनियमितता गरेको भन्दै कार्यालयमा उक्त संख्यामा उजुरी दर्ता भएको अख्तियार कार्यालयका उपसचिव तथा सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए । उनका...

पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथमा यातायात सुचारु

मकवानपुर । पहिरोसहित ठूलो ढुंगा खसेर अवरुद्ध बनेको बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथमा यातायात सूचारु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडामा आज बिहान पहिरासहित माथिबाट खसेको ठूलो ढुंगाका कारण अबरुद्ध बनेको यातायात सुचारुमा आएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाएको छ ।

३८ अंकले घट्यो नेप्से, २ अर्ब ६८ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा ३८ अंकको गिरावट आएको छ । नेप्से सूचकांक ३८.३७ अंकले घटेर २,०५१ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत कुल २६५ कम्पनीहरुको ८० लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजारको कारोबार...

आइतबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौं । आइतबार सुनको भाउ बढेको र चाँदीको भाउ स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ छ भने तेजावी सुनको भाउ एक लाख ११ हजा ९५०...

माओवादी केन्द्रका नेताहरुको विभाग हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ । केन्द्रीय समिति बस्नुअघि बालुवाटारको पदाधिकारी बैठकमार्फत अध्यक्ष प्रचण्डले जिम्मेवारी हेरफेर गराएका हुन् । त्यसअन्तर्गत उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् । यस्तै, अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी...

भीभीआइपी र भीआइपीको स्वास्थ्य उपचार समिति गठन

काठमाडौं । सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो । समितिमा प्रा.डा. भगवान कोइराला, डा. सन्दुक रुइत, डा....

न्यायाधीशका पीएसओको पेस्तोल चोरेको आशंकामा दुई जना पक्राउ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका २४ वर्षी य वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुले गत असार ३०...

मकवानपुरको भीमफेदीमा किशोरीको शव फेला

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ माण्डुस्थित बागमती खोलामा आज बिहान एक जना किशोरीको शव फेला परेको छ । उक्त शव हाल नाम, थर, बखत नखुलेको मगंलियन अनुहारकी अन्दाजी १६ वर्षीया किशोरीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव...

चोरी गरेको आरोपमा मकवानपुरका पुरुष पक्राउ

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी गरेको आरोपमा प्रहरीले बिहीबार मकवानपुरका एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ४५ वर्षीय विकास देउला (पोडे) रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सुजनको घरमा...