समाचार

रास्वपाले भदौसम्ममा प्रशिक्षण सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ महिनासम्ममा सात वटै प्रदेशमा प्रशिक्षण कार्य सम्पन्न गरिने भएको छ । रास्वपाले कोशी र लुम्बिनी प्रदेशमा भने प्रशिक्षण कार्य सम्पन्न गरिसकेको छ । यस्तै, गण्डकी प्रदेशको प्रशिक्षण साउन २६ र २७ पोखरामा हुने तय भएको छ भने सुदूरपश्चिमको प्रशिक्षण धनगढीमा साउन...

बिहीबार पनि घट्यो नेप्से

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक घटेको छ । केही दिनदेखि लगातार गिरावट हुँदै आएको नेप्से बिहीबार पनि घटेको हो । बिही नेप्से सूचकांक २९.७१ अंकले घटेर २१२६ को विन्दुमा कायम हुन पुगेको छ । यस्तै, नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको ६२ लाख ७१ हजार...

लागूऔषधसहित अमेरिका र बेल्जियमका नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलबाट लागूऔषधसहित प्रहरीले बुधबार दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अमेरिकी नागरिक जोर्डन रफेल र बेल्जियमका नागरिक साफर रहेका छन् । उनीहरुलाई ठमेलको फ्यामेली हाउसको कोठा नम्बर २०२ बाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट अवैध...

मकवानपुरमा आत्महत्याको घटना बढ्दो

मकवानपुर । मकवानपुरमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । जिल्लामा एक वर्षको अवधिमा झण्डै डेढ सय जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ । प्रहरीको तथ्यांकअनुसार जिल्लामा २०७९/०८० मा १ सय ४० जनाले आत्महत्या गरेका छन् । जसमा विष सेवन गरेर ४३ जना, आगो...

एसईईमा उत्कृष्ट नतिजा ल्याउने १७१ विद्यार्थीलाई सम्मान

मकवानपुर । मकवानपुरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने १७१ जना विद्यार्थीलाई सम्मान गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले बिहिबार एक कार्यक्रमको आयोजना गरी ती विद्यार्थीहरुलाई सम्मान गरेको हो । उत्कृष्ट हुने विद्यार्थीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, प्याप्सन मकवानपुरका अध्यक्ष बिनोद...

सडक विस्तारको काम रोक्न नहुने भन्दै ७३ वर्षीय वृद्ध अनशनमा

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा बजार क्षेत्रमा सडक विस्तारको काम रोक्न नहुने भन्दै ७३ वर्षीय वृद्ध अनशनमा बसेका छन् । ती वृद्ध सडक डिभिजन कार्यालय हेटौंडाको गेटमा अनशन बसेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ निवासी मानबहादुर तामाङ सडक विस्तारको काम रोक्न नहुने भन्दै गत साउन...

कुवेतमा ५ जनालाई मृत्युदण्ड दिइयो

काठमाडौँ । कुवेतले आज पाँच जनालाई मृत्युदण्डको सजाय दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेको कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । सो आक्रमणमा परी २६ जनाको ज्यान गएको थियो । कुवेति...

मिटरब्याज सम्बन्धी विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । मिटर व्याजसँग सम्बन्धित ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ पुनः पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक टेबल भएको थियो । प्रतिनिधि सभाले संसाधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको उक्त विधेयक पुनः पारित...

जिसस मकवानपुरमा छलफलः सडक विस्तारका लागि सबैले सहयोग गर्ने प्रतिवद्धता

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्यका लागि सरोकारवाला निकायहरुहरुबीच बुधबार छलफल भएको छ । छलफलमा सहभागी विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुले सडक विस्तार कार्य अघि बढाउन आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । जिल्ला समन्वय समिति मकवानपुरमा भएको छलफलमा सडक डिभिजन कार्यालय, हेटौंडा...

बागमती प्रदेशमा आजबाट गाडी भाडा घट्ने

काठमाडौं । बागमती प्रदेशमा आजबाट सार्वजािक सवारी साधनको भाडा घट्ने भएको छ । प्रदेशको यातायात मन्त्रालयका अनुसार, प्रदेशमा संचालन हुने लामो रुटको सवारीमा २.३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक) मा ३.१ प्रतिशत र सिटी बसहरुमा ३.२६ प्रतिशतले भाडा घट्ने भएको हो । मन्त्रालयले गत जेष्ठ ११ मा बागमती प्रदेशले...