मकवानपुरबाट चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण २०, शनिबार ०९:२२

मकवानपुर । मकवानपुर प्रहरीले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको बकैया गाउँपालका वडा नं. ५ मसानेबाट चोरीको मोटसाइकलसहित शुक्रबार साँझ तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका–४ पाङदुरे बस्ने १८ वर्षीय निरोज गोले, २० वर्षीय बिशाल वाईबा र सोही वडाको माझी खोला बस्ने १८ वर्षीय मनोज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, हेटौंडाबाट मसानेतर्फ जाँदै गरेको प्रदेश २–०३–००९ प ३३९३ नम्बरको चोरीको मोटरसाइकलसहित उनीहरुलाई अस्थायी प्रहरी पोष्ट गरगरेकको टोली पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।