समाचार
हेटौंडामा सडक विस्तारका लागि एकैपटक ६० वटासम्म डोजर प्रयोग गरिने
मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्यको लागि ६० वटासम्म डोजर प्रयोग गरिने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले आवश्यकताको आधारमा विस्तार कार्यको लागि न्यूनतम ६ वटा देखि अधिकतम ६० वटासम्म डोजर एकैपटक प्रयोग गर्ने जनाएको छ । सडक विस्तारमा अल्पकालीन अन्तरिम आदेश...
सर्वोच्चको फैसलाले सडक विस्तार रोकिँदैन, १६ गतेबाट डोजर चलाउँछौँः प्रमुख यादव
मकवानपुर । सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश यादवले सडक विस्तार कार्य अगाडि बढ्ने बताएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका लागि आवश्यक तयारी अगाडि बढिसकेको भन्दै सूचनामा तोकिएको अवधि सकिएसँगै विस्तार कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उनले बताए । हेटौंडा बजार क्षेत्रको ३४१ घरधनीहरुले...
गैर आवासीय नेपाली संघ स्पेनको उपाध्यक्षमा दाहाल
मकवानपुर । गैर आवासीय नेपाली संघ स्पेनको २०२३–२०२५ को उपाध्यक्षमा मकवानपुरका रामप्रसाद दाहाल निर्वाचित भएका छन् । मकवानपुरका बकैया गाउँपालिका वडा नम्वर ४ निवासी दाहाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, संघको आईसिसि सदस्यमा यज्ञनारायण पौडेल, संघको अध्यक्षमा पेशल कुमार कोइराला निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, संघको...
बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ
महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । प्रहरीका अनुसार, गत जेष्ठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार–पाँच जनाको समूहमा...
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गयो
दाङ । दाङको लमही नगरपालिका–१ मा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका दाङले जनाएको छ । प्रहरीका अनुसार, सडकमा पैदल हिँडिरहेका...
निमावि तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै निमावि तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान गरेको हो । न्यूनतम योग्यता पुगेका व्यक्तिहरुले आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्न सक्नेछन्...
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्दैछ । बिहान ११ः०१ बजेका लागि बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ । राष्ट्रिय सभाले पारित गरी सन्देशसहित प्रतिनिधि सभामा पठाएको उक्त विधेयक टेबुल गर्ने...
कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमाथि आज फैसला हुने
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथिको आज बिहीबार फैसला हुने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो । इजलासले बुधबार सुनुवाइ सकेकोले बिहीबार फैसला...
हेटौंडाबाट लागूऔषधसहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेकपोष्टस्थित पुर्व–पश्चिम सडकखण्डबाट अवैध लागूऔषधसहित बुधबार तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ बस्ने ४९ वर्षीय शंकर अधिकारी, बाराको निजगढ नगरपालिका वडा नम्वर...
मकवानपुरमा सवारी दुर्घटना, तीन जना घाइते
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतस्थित भीमफेदी–कुलेखानी सडकखण्डमा गएराति सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मार्खुबाट तरकारी लोड गरी हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ च ०६९४ नं.को डीआई योद्धा पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल सडकमा खसी दुर्घटना हुँदा तीन...










