राष्ट्रिय सहकारी बैंकले मनाइयो स्थापना दिवस

मकवानपुर । सहकारी क्षेत्रको एक मात्रै बैंक राष्ट्रिय सहकारी बैंकले आफ्नो २१ औं स्थापना दिवस मनाएको छ । बैठकको हेटौंडा शाखाले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रम राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका संयोजक नारायण प्रसाद देवकोटाको अध्यक्षता एवम् उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय सहकारी महाशाखा प्रमुख तथा सहकारी रजिष्ट्रर राधाकृष्ण खतिवडाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल, हेटोंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेललगायत सहकारी संघ संस्थाका संचालक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उक्त बैठक वि.सं. २०६० असार २५ गते दर्ता भई २०६० साउन १९ गतेबाट कारोबार शुभारम्भ भएको थियो ।