मकवानपुरमा ९७५ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता
मकवानपुर । जिल्ला अदालत मकवानपुरमा ९ सय ७५ वटा सम्बन्ध विच्छेद (डिर्भोस) को मुद्दा दर्ता भएको छ ।
जिल्ला अदालत मकवानपुरको तथ्यांकअनुसार, जिल्लामा गत आर्थिक वर्ष २०७९–०८० को साउन महिनादेखि हालसम्म उक्त संख्या सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको हो ।
दर्ता भएका मुद्दामध्ये ७ सय ६८ मुद्दा फर्छ्यौट भएको छ भने २०७ वटा मुद्दा फछ्र्यौट हुने क्रममा रहेको छ ।
जिल्लामा पछिल्लो ३ वर्षको तथ्यांक हेर्दा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नेको संख्या बढ्दो क्रममा रहेको छ । गत आव २०७८/०७९ मा अदालतमा ८ सय ५९ वटा र आव ०७७÷०७८ मा ६ सय ८४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको थियो ।
२०७४ मा संविधान लागू भएर २०७५ भदौ गतेदेखि नयाँ मुलुकी संहिताले पुरुषले समेत सम्बन्ध विच्छेदको उजुरी दिन पाउने कानूनी व्यवस्था गरेसँगै सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढ्दै गएको जिल्ला अदालत बार एशोसिएसन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतले जानकारी दिइन् ।
