समाचार
सुन तस्करी प्रकरण : रास्वपाले माग्यो गृहमन्त्री र अर्थमन्त्रीको जवाफ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाश शरण महतको जवाफ माग गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले उक्त प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको जवाफ माग गरेका हुन् । रास्वपाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव...
राप्तीको भँगालोमा फसेका २६ जनाको सकुशल उद्धार
काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका–५ भगवानपुरघाटस्थित राप्ती नदीको भँगालोमा फसेका २६ जनाको उद्धार गरिएको छ । उनीहरुको सशस्त्र प्रहरी बलले साउन ९ गते मंगलबार बेलुका उद्धार गरेको हो । जिल्लाको नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय बासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदीको बहाव बढेपछि...
बुधबार पनि घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । बुधबार शेयर बजार ८.११ अंकले घटेर २,१५६ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २६० कम्पनीहरुको ७३ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ४३ करोड २५ लाखको...
काँकडभिट्टा नाकाबाट मात्रै ५१ करोडको कोदो आयात
काठमाडौँ । पूर्वीनाका काँकडभिट्टा हुँदै ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको कोदो भारतबाट आयात भएको छ । आर्थिक वर्ष २०७९/८० मा १६ हजार ३५ मेट्रिक टन कोदो आयात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा भारतबाट सात...
जंगली च्याउ खाँदा उमाकुमारी र लिलाको मृत्यु
काठमाडौँ । जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आले रहेका छन् । उनीहरूले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएको प्रहरीले जनाएको छ । जंगली च्याउ खाएकामध्ये ललिता आले मगर,...
सुन प्रकरणमा गृहमन्त्रीसँग जवाफ माग्ने एमालेको निर्णय
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवैध रुपमा आयात गरिएको सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीको जवाफ माग गर्ने र नैतिक प्रश्न गर्ने निर्णय गरेको हो । बैठकपछि एमालेका एक नेताले भने,...
हेटौंडाको सडक विस्तार कार्य तत्काल अघि नबढाउन सर्वोच्चको आदेश
मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रको सडकखण्ड विस्तार कार्य तत्काल अघि नबढ्ने भएको छ । सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेशसँगै सडक विस्तार कार्य अन्यौलमा परेको छ । सडक डिभिजन हेटौंडाले यहि साउन १६ गतेबाट सडक विस्तार गर्ने तयारी गरेको थियो । तर, अदालतको आदेशपछि विस्तारको विषय अन्यौल...
सुन चाँदीको मूल्य पुनः बढ्यो
काठमाडौँ । सुन र चाँदीको मूल्य पुनः बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य १ लाख १२ हजार ७ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख १२ हजार १५०...
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कास्कीको पोखरा महानगरपालिका–२७ घर भई हाल काठमाडौं महानगरपालिका–८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो । तामाङलाई नेपाल प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट...
कोशीका मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज पनि सुनुवाई हुने भएको छ । यो मुद्दामा हिजो मंगलबार सुनुवाइ नसकिएपछि गर्दै ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलबार रिट निवेदक पक्षका...










