समाचार

कोशीका मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिट बुधबारका लागि हेर्दाहेर्दैमा

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि मंगलबार पूर्ण इजलासले सुनुवाइ गर्दै ‘हेर्दाहेर्दै’ मा राखेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलबार रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । प्रतिवादी तर्फका कानून...

निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेलाई १५ हजार रुपैयाँ जरिवाना

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १ हजार ३७ जना र प्रदेश सभातर्फका १ हजार ३९८ गरी कुल २ हजार ४३५ जना उम्मेदवारहरूलाई जरिवाना गर्ने निर्णय...

हेटौंडाकी एक वृद्धा मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ हरियाली चोकस्थित आज अपराह्न एक जना वृद्धा मृत अवस्थामा फेला परेकी छन् । अपराह्न ४ः४५ बजेको समयमा स्थानीय अन्दाजी ८९ वर्षीया केशरी कुमारी पण्डित मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी...

आन्तरिक राजस्व कार्यालय हेटौंडाद्वारा साढे ६ अर्ब रुपैयाँको राजस्व संकलन

मकवानपुर । मकवानपुरमा एक वर्षको अवधिमा ६ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ बराबरको आन्तरिक राजस्व संकलन गरिएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९–०८० को अवधिमा विभिन्न स्रोतको राजस्वतर्फ रु ६ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय हेटौंडाले...

मकवानपुरमा एसपी रिजाल आउने

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको इन्चार्जमा प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजाल आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले रिजाललाई सोमबार मकवानपुरमा काज सरुवा गर्ने निर्णय गरेको जनाएको छ । मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण गौतमले अवकाश पाएसँगै रिजाललाई मकवानपुरमा पठाइएको...

करेन्ट लागेर एक जनाको मृत्यु

जनकपुरधाम । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका ६ बस्ने ३५ वर्षीय उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार राती खेतमा पानी लगाउने क्रममा पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका...

मंगलबार शेयर बजारमा गिरावट

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से सूचकांक ३६.१९ अंकले घटेर २१६४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २६७ कम्पनीहरुको ७७ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९१ करोड ७ लाख माथिको कारोबार भएको...

प्रहरीका १२२ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १२२ जना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ (प्रनानि) मा बढुवा गर्न सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरूलाई प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

इम्बोस्ड नम्बर जडान नभए नवीकरण रोक्ने तयारी

काठमाडौं । अब सवारी साधनमा इम्बोस्ड नम्बर जडान नभए नवीकरण रोक्ने तयारी गरिएको छ । यातायात क्षेत्र सुधारका लागि संघीय सरकार, ७ प्रदेशका मन्त्री र सचिवको बैठकले यस्तो निर्णय गरेको हो । बैठक ११ बुँदे सामूहिक घोषणापत्र जारी गर्दै इम्बोस्ड नम्बर जडानलाई पनि प्राथमिकता दिने निर्णय गरेको हो ।...

मकवानपुरमा ६८ प्रतिशत रोपाइँ सकियो

हेटौंडा । मकवानपुरमा यो वर्ष धान रोपाइँमा केही ढिलाई भएको छ । साउन ५ गतेसम्ममा ६८ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको बागमती प्रदेश कृषि निर्देशनालयले जनाएको छ । त्यस्तै बागमती प्रदेशको १३ वटा जिल्लामा ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको पनि निर्देशनालयले जनाएको छ । प्रदेशको रामेछाप र धादिङ...