समाचार

नारायणगढ मुग्लिन सडकखण्डमा सवारी दुर्घटना, ११ जना घाइते

हेटौंडा । मंगलबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजे भरतपुर महानगरपालिका–२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको हो । त्यस्तै चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको महासंघले जनाएको छ । मूल्य बढेसँगै आज छापावाल सुनको नयाँ मूल्य तोलामा...

चिनियाँ कम्यूनिष्ट नेता युआन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्यूनिष्ट पार्टीका नेता युआन च्याचिनबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका बेला चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटव्युरो सदस्य युआनले आज बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीसँग भेट गरेका हुन् । भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको नेकपा...

सहयोगी मन नेपालद्वारा खड्कालाई ह्वीलचियर सहयोग

मकवानपुर । सहयोगी मन नेपालले हेटौंडा–१८ निवासी बद्री खड्कालाई ह्वीलचियर सहयोग गरेको छ । पक्षघातका कारण विगत केही महिनादेखि ओच्छ्यानमा थलिएका ४० वर्षीय खड्कालाई आज उनकै निवासमा पुगेर ह्वीलचियर सहयोग गरिएको संस्थाका अध्यक्ष केदारप्रसाद चौलागाईले जानकारी दिए । ‘उहाँ केही महिनादेखि पक्षघातले ओच्छ्यानमा थलिनुभएको र ह्वीलचियर सहयोग गरिदिन उहाँको...

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ गते बस्ने भएको छ । बैठक काठमाडौंमा बस्ने भएको हो । बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर...

मकवानपुरसहित यी जिल्लामा बाढीपहिरोको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । पछिल्लो ३ घण्टायता मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया, कैलाली र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । उक्त जिल्लाका साना खहरे खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै महाशाखाले बाढीपहिरोका कारण राजमार्ग...

लागूऔषधसहित हेटौंडाका एक युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित सोमबार साँझ हेटौंडाबाट एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, म्याजिक चोकबाट लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–१५ फारलाईन बस्ने २२ वर्षीय रबि बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर...

एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र पाण्डेले पाएका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन अध्यक्ष माधवकुमार नेपाल इन्डोनेसिया प्रस्थान गरेपछि पार्टीका उपाधयक्ष समेत रहेका उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जाने कार्यसूची रहेको छ ।

सोमबार स्थगित लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको २० औं बैठक आज बस्दैछ । सोमबार स्थगित गरिएको बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको...

इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज मृत अवस्थामा फेला

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत अवस्थामा फेला परेका छन् । बपौडल डिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घटना सोमबार राति साढे १२ बजेतिरको हो ।...