बुधबार नेप्सेमा हरियाली छायो

तु खबर संवाददाता
२०८० श्रावण १७, बुधबार १६:०७
file-photo

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा हरियाली छाएको छ । मंगलबार गिरावट भएको नेप्सेमा आज हरियाली छाएको हो ।

आज नेप्से सूचकांक ९.२५ अंकले बढेर २ हजार ८६ को विन्दुृमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको ९३ लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड २४ लाखको कारोबार भएको छ ।

यसअघि मंगलबार नेप्से सूचकांक २८.५९ अंकले घटेर २०७७ को विन्दुमा कायम हुन पुगेको थियो भने नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ६० लाख १५ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९२ करोड ४४ लाखको कारोबार भएको थियो ।

नेप्सेमा सुधार आएसँगै १० उपसूचकहरुमा हरियाली छाएको छ भने ३ उपसूचकमा रातो पोतिएको छ ।