निःशुल्क उपचार गरेकाको अभिलेख सार्वजनिक गर्न निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
गत सोमबार गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकललाई पत्राचार गर्दै सो निर्देशन दिएका हुन् ।
डा. उपाध्यायले बिरामीको अभिलेख व्यवस्थित र लिखित तथा विद्युतीय बोर्डमा डिस्पले हुने गरि राख्न निर्देशन दिएका हुन् ।
मन्त्रालयले सबै अस्पताललाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याउन पटक–पटक निर्देशन दिँदै आएको छ ।
