कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोक्यो

तु खबर संवाददाता
२०८० श्रावण १७, बुधबार ०९:३२
file-photo

काठमाडौं । नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ ।

प्रतिनिधिहरु साउन २० देखि ३० गतेसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित हुने छन् ।

केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ । केन्द्रीय सदस्य तर, सांसद पनि भएकालाई भने जिम्मेवारी दिइएको छैन ।