समाचार
मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी दुर्घटना हुँदा ११ जना घाइते
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा अन्तरगत पर्ने भरतपुर महानगरपालिका–२९ चौधकिलो पुल नजिकै आज बिहान सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान साढे ७ बजेतिर नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किएर...
यस्तो रहने छ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ...
खर्च विवरण सार्वजनिक नगर्ने २५ सय उम्मेदवारलाई कारबाही
काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने झण्डै २५ सय उम्मेदवारमाथि कारबाही हुने भएको छ । खर्च विवरण सार्वजिनक नगर्ने दुई हजार ४४० जना उम्मेदवारमाथि कारबाही हुने भएको हो । जसमा एक हजार ४३ जना प्रतिनिधि सभा सदस्य पदका...
पहिरोका कारण मुग्लिङ–नारायणगढ सडक अवरुद्ध
चितवन । चितवनको मुग्लिङ नारायणगढ सडकखण्ड अन्तरगत कालिखोलामा पहिरो खस्दा राजमार्ग पूर्ण अवरुद्ध बनेको छ । पहिरोका कारण उक्त सडकखण्ड बिहान ७ बजेदेखि पूर्ण रूपमा बन्द भएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, कालिखोला आसपासका विभिन्न स्थानमा साना–ठुला पहिरो आएर सडकखण्ड अवरुद्ध भएको हो ।...
बागमती प्रदेशः स्वास्थ्य सेवाको एघारौँ तह बढुवामा गम्भीर त्रुटि
हेटौंडा । बागमती प्रदेशमा स्वास्थ्य सेवातर्फ एघारौँ तहको पदमा बढुवा गर्दा गम्भीर त्रुटि भएको रहस्य फेला परेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको बढुवा समितिको सचिवालयले प्रदेश स्वास्थ्य सेवाको एघारौँ तहको पदमा समूह नमिल्ने व्यक्तिलाई गलत पदमा बढुवा गरेको हो । बढुवाका क्रममा आयुर्वेद सेवा र जनस्वास्थ्य...
मकवानपुरका भोलोनसहित दुई जना पक्राउ
काठमाडौं । विश्व खाद्य कार्यक्रम (डब्लू.एफ.पी) को नाममा कार्यालय खोली ठगी गर्ने दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घन श्याम कटुवाल र मकवानपुरको बागमती गाउँपालिका–९ घर भई हाल काठमाडौं बुढानीलकण्ठ...
सर्पको टोकाईबाट किशोरको मृत्यु
दाङ । दाङमा सर्पको टोकाइबाट सोमबार बिहान एक किशोरको मृत्यु भएको छ । मुत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई दाङको शान्तिनगर गाउँपालिका–७ मामाघरमा बस्दै आएका १६ वर्षीय मनोज वली रहेका छन् । बिहान १ बजेतिर सर्पले टोक्दा वली गम्भीर बिरामी भएका थिए । उनको राप्ती स्वास्थ्य विज्ञान...
अब टियूको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै माध्यमबाट
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टियू) अन्तरगत स्नातक तहको परीक्षाको प्रश्नपत्र अब नेपाली र अंग्रेजी दुवै भाषामा आउने भएको छ । नयाँ शैक्षिक सत्रबाट उक्त व्यवस्था लागू हुने त्रिभुवन विश्वविद्यालयका शिक्षा अध्यक्ष (रेक्टर) शिव भुसालले जानकारी दिए । अहिले विश्वविद्यायले स्नातक तहको परीक्षामा नेपाली विषय बाहेक अन्य विषयका प्रश्न अंग्रेजीमा...
निलम्बित डीएसपी केसीलाई बर्खास्त गर्न गृहमा सिफारिस
काठमाडौं । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप पक्राउ परेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको...
मकवानपुरमा ११९ जनाले पाए लालपुर्जा
मकवानपुर । मकवानपुरमा पछिल्लो समय ११९ जना सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाएका छन् । जिल्लाको विभिन्न पालिकामा गरेर ११९ सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाएको नापी कार्यालय मकवानपुरले जनाएको छ । नापी कार्यालय मकवानपुरका प्रमुख पूर्णहरि सुवेदीका अनुसार, जिल्लाको हेटौंडा उपमहानगरपालिका–१३ का ६९ जना, बागमती गाउँपालिकाका ३९ जना...










