माओवादी केन्द्रको बैठकमा ७५८ जना सहभागी हुने

तु खबर संवाददाता
२०८० श्रावण १६, मंगलवार १७:१०

काठमाडौं । बुधबारदेखि सुरु हुने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ७ सय ५८ जना सहभागी हुने भएका छन् ।

काठमाडौँस्थित प्रज्ञाभवन कमलादीमा बुधबार बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय समिति, केन्द्रीय विभाग र प्रदेश पदाधिकारी सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी गराए ।

उनका अनुसार केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९८, तीन वटा आयोगबाट ७५ र प्रत्येक प्रदेशबाट एक सय जना सहभागी हुनेछन् ।