कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज शपथ लिँदै

तु खबर संवाददाता
२०८० श्रावण १७, बुधबार ०८:१४
file-photo

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ लिँदैछ । मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज साढे १० बजे शपथ लिने भएका हुन् ।

आजै मन्त्रीपरिषद् विस्तार गर्ने पनि थापाको तयारी छ । प्रदेश प्रमुखको कार्यालयले साढे १० बजेका लागि सपथ ग्रहणको तयारी भएको जनाएको छ ।

थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ एक कार्यक्रमबीच मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।udha