समाचार

करार कर्मचारीका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न मुख्यमन्त्रीको निर्देशन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा रहेका करारका कर्मचारीको भविष्य सुनिश्चितताका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समीक्षा बैठकमा उनले स्थायी कर्मचारीको पेन्सन तथा उपदान हुने तर, करार कर्मचारीको जागिर छोड्दा वा अशक्त हुँदा हातमा केही नहुने भएकोले यो...

नारायणी कलेजद्वारा युवा वैज्ञानिक पुरस्कार प्राप्त विद्यार्थीहरुलाई सम्मान

मकवानपुर । नारायणी कलेज तथा तुलसिमेहर मेमोरियल माध्यमिक विद्यालयले काठमाडौंमा भएको साइन्स समिटमा युवा वैज्ञानिक पुरस्कार प्राप्त गरेका विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजले कक्षा ११ को शैक्षिक सत्रको सुरुवाती अभिमुखीकरण कार्यक्रम अन्तरगत सोमबार एक कार्यक्रबीच विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको हो । कलेजले हरेक वर्ष झै यस वर्ष...

आजको मौसम : थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्य बदली रहने छ । कोशी,...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सोमबार स्थगित भएको प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । संघीय संसद् सचिवालयका अनुसार, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी आज...

मधेश प्रदेश सरकारले पायो पूर्णता

जनकपुरधाम । मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज दुई मन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो । सोमबार कांग्रेसका मोहमद समिम गृह, सञ्चार तथा कानुन मन्त्री र जनमत पार्टीका चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख हरिशंकर...

जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा फरार हेटौंडाका राई पक्राउ

मकवानपुर । नाबालिकालाई जबरजस्ती करणीपछि हत्या गरेर फरार रहेका हेटौंडाका सोमबहादुर राई पक्राउ परेका छन् । ५ वर्षीय नाबालिकालाई जबरजस्ती करणीपछि हत्या गरेर फरार ४५ वर्षीय राई २० वर्षपछि शनिबार पक्राउ परेका हुन् । हेटौंडा–११, सिमलटार निवासी राई ललितपुरको गोदावरी नगरपालिका–१४ बाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी...

अवैध लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, झापा, सर्लाही, कञ्चनपुर र कपिलवस्तु गरी पाँच छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको विभिन्न ३ ठाउँबाट अवैध लागूऔषध खैरो हेरोईनसहित चार जनालाई आइतबार पक्राउ गरेको छ ।...

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले यही साउन १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको छ । बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । ‘बैठकलाई पूर्णतया लाइभ गर्ने भनेका छौं...

जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । चुनावको खर्च विवरण सार्वजनिक नगरेको भनी उम्मेदवारहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मोरङ–२ मा हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार विनोद भट्टराईले आफूले खर्च विवरण फेसबुकमार्फत सार्वजनिक गर्दा पनि आयोगले १५ हजार रुपैयाँ जरिवानाको निर्णय गरेको भन्दै सर्वोच्च अदालतमा रिट...

हाम्रो घर बालगृहमा आश्रित बालबालिकालाई खीर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सिचाइँ टोलस्थित हाम्रो घर बालगृहमा आश्रित बालबालिकालाई खीर खुवाइएको छ । सोमबार रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको आयोजनामा साउन १५ गते खीर खाने दिवसको अवसरमा उक्त बालआश्रममा आश्रित २४ जना बालबालिकालाई खीर खुवाएको हो । रोटरी क्लबका...