मधेश प्रदेश सरकारले पायो पूर्णता
जनकपुरधाम । मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज दुई मन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो ।
सोमबार कांग्रेसका मोहमद समिम गृह, सञ्चार तथा कानुन मन्त्री र जनमत पार्टीका चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । मधेशमा पाचौं पटक मन्त्रिपरिषद विस्तार भएको हो । यद्यपि, सबै मन्त्रीले जिम्मेवारी भने पाइकेका छैनन् ।
यसअघि जसपाबाट विना विभागीय मन्त्रीको जिम्मेवारी पाएकी सुरिताकुमारी साहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइएको छ ।
