मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

तु खबर संवाददाता
२०८१ बैशाख ४,मंगलवार ०९:०१
file-photo

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आज चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

उनी गत वर्ष भएको आमनिर्वाचनपछि जनता समाजवादी पार्टी (जसपा) बाट मुख्यमन्त्री बनेका हुन् । केन्द्रीय गठबन्धनमा हुने हेरफेरले यादवलाई पटक–पटक विश्वासको मत लिनुपर्ने परिस्थिति बनेको हो ।

मधेस प्रदेश सभामा १०७ सदस्यीय रहेका छन् । जसमा एमालेका २५, कांग्रेसका २२, जसपाका १९, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका १÷१ सांसद रहेका छन् ।