हाम्रो घर बालगृहमा आश्रित बालबालिकालाई खीर

तु खबर संवाददाता
२०८० श्रावण १५, सोमबार १६:३४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सिचाइँ टोलस्थित हाम्रो घर बालगृहमा आश्रित बालबालिकालाई खीर खुवाइएको छ ।

सोमबार रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको आयोजनामा साउन १५ गते खीर खाने दिवसको अवसरमा उक्त बालआश्रममा आश्रित २४ जना बालबालिकालाई खीर खुवाएको हो ।

रोटरी क्लबका सचिव मनोज ढोडारीको संयोजनमा भएको खीर खुवाउने कार्यक्रम क्लबका अध्यक्ष अन्जनी कुमार पराजुलीको अध्यक्षता रहेको थियो ।

खीर खुवाउने कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्ष विजयलाल श्रेष्ठ, संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापती, निवर्तमान अध्यक्ष कृष्णबहादुर कार्की, रोट्र्याक्ट क्लब अफ मकवानपुरको अध्यक्ष राजन कटुवाल लगायतको सहभागिता रहेको थियो ।