समाचार

वर्षेनी ३९६ जनाको पानीमा डुबेर मृत्यु

काठमाडौं । नेपालमा वार्षिक औसतमा ३९६ जनाको पानीमा डुबेर मृत्यु हुने गरेको छ । अधिकांश घटना पौडी खेल्ने क्रममा, नुहाउने क्रममा, खोलारनदी तर्ने क्रममा एवं आत्महत्याका कारण हुने गरेको तथ्यांक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, नेपालमा धेरैजसो असारदेखि असोज महिनासम्ममा पानीमा डुबेर वा पानीजन्य विपद्का कारण धेरैको...

गैरहाजिर भएका प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । विदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । साथै प्रहरीले सो अवधिमा गैरहाजिर...

फुटबल संघ मकवानपुरद्वारा २७ जना खेलाडीको विदाई

मकवानपुर । फुटबल संघ मकवानपुरले राष्ट्रिय टिम तयारीका लागि यु–१६ फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत् प्रदेश छनौट खेल्नका लागि मकवानपुरका खेलाडीहरुलाई विदाई गरेको छ । संघले मंगलबार जिल्ला खेलकुद विकास समिति मकवानपुरको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई विदाई गरेको हो । प्रदेश छनौटका लागि मकवानपुरबाट २७ जना...

मकवानपुरमा एक युवती मृत फेला

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे भलादमी चोकस्थित मंगलबार एक जना एक युवती मृत अवस्थामा फेला परेकी छन् । स्थानीय गणेश उप्रतिको घरमा डेरा गरी बस्ने मनहरी–७ की अन्दाजी २७ वर्षीया सन्ध्या नेपाली मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।...

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।...

जरिवाना नतिरे सांसददेखि मन्त्रीसम्मले चुनाव लड्न नपाउने

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि खर्च विवरण सार्वजनिक नगरी जरिबाना तिर्नुपर्ने सूचीमा प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र मन्त्रीसम्म छन् । प्रतिनिधि सभा सदस्यतर्फ दलीय आधारमा खर्च विवरण सार्वजनिक नगरी जरिबानामा पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबैभन्दा बढी उम्मेदवार छन् ।...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ । गत साउन...

जनमतद्वारा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक यही साउन १८ गते बिहीबार बस्ने गरी आश्वान गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनमत पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिए । बैठकमा सहभागी हुने केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,...

प्रभु साहलाई पक्राउ गर्न ६ दलको माग

जनकपुरधाम । आम जनता पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य प्रभु साहलाई पक्राउ गर्न विभिन्न ६ दलले माग गरेका छन् । अध्यक्ष साह गौर हत्याकाण्डमा संलग्न रहेको भन्दै जसपासहित ६ दलले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका हुन् । साहलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले पूर्व प्रदेश सांसद रामसागर...