सर्पको टोकाईबाट मकवानपुरकी १२ वर्षीया बालिकाको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण १८, बिहीबार १६:३१
सांकृतिक तस्वीर

मकवानपुर । मकवानपुरमा सर्पको टोकाईबाट बुधबार एक जना बालिकाको मृत्यु भएको छ ।

सर्पको टोकाईबाट जिल्लाको बकैया गाउँपालिका वडा नं.७ अधेरी बस्ने १२ बर्षीया करिष्मा लोको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रदेश प्रहरीका अनुसार, बुधबार आफ्नै घरमा बसिरहेको अवस्थामा करिष्मालाई सर्पले टोकेको थियो ।

सर्पको टोकाईबाट गम्भीर बिरामी भएका उनलाई परिवारले उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।