नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण १८, बिहीबार ०९:३२
file-photo

काठमाडौं । बिहीबार विहान नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया महिला रहेकी छन् ।

नारायणगढस्थित नारायणी पुलबाट हामफालेकी अन्दाजी ४५ वर्षकी महिलाको केहीबेरमा उद्धार गरिएको थियो ।

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, मृतक ती महिलाको सनाखत भएको छैन ।