रास्वपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८० श्रावण १८, बिहीबार ०९:४६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक आज (बिहीबार) अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बस्ने गरी आह्वान गरिएको हो ।

समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुने ढकालले बताए ।

मंसिरदेखि तल्लो तहका अधिवेशन थालेर फागुनमा महाधिवेशन गर्ने रास्वपाको तयारी पार्टीको राजनीतिक दस्तावेजलाई अन्तिम रूप दिने र आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने रास्वपाको तयारी छ ।