मकवानपुरमा पौडी खेल्ने क्रममा डुबेर ८ वर्षीय बालकको ज्यान गयो
मकवानपुर । मकवानपुरमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको ज्यान गएको छ । जिल्लाको बामगती गाउँपालिकास्थित बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर ८ वर्षीय बालकको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा बागमती गाउँपालिका वडा नं.४ पाल्पाले बस्ने ८ वर्षीय निशान बल रहेको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
मृतक बालकको कानूनी प्रक्रिया पूरा गरी शव पोस्टमाटका लागि हेटौंडा अस्पताल ल्याइएको र पोस्टमाटमपछि परिवारको जिम्मा लगाइने जनाइएको छ ।
