समाचार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही मधेस, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर...

दक्षिण कोरियाको श्रमिक एनआरएनए अध्यक्ष पदको उम्मेदवार

दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको नवौँ राष्ट्रिय महाधिवेशनका लागि श्रमिक भिसामा रहेका संजिव कुमार राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही साउन १३ र १४ गते (जुलाई २९ र ३० तारिक) हुने महाधिवेशनमा एनआरएनए आठौं कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका राईले अध्यक्ष...

समय सीमाभित्रै बजेट कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यान्वयन तोकिएको समयसीमा भित्रै गर्न सरकारका सचिवहरुलाई निर्देशन दिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार नेपाल सरकारका सबै मन्त्रालयका सचिवललाई अर्थमा डाकेर आगामी साउन १५ बाट समय सीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिए । छलफलमा मन्त्री...

बागमती प्रदेशमा बिहीबारबाट गाडी भाडा घट्ने

काठमाडौं । बागमती प्रदेशमा भोलि बिहीबारबाट सार्वजािक सवारी साधनको भाडा घट्ने भएको छ । प्रदेशको यातायात मन्त्रालयका अनुसार, प्रदेशमा संचालन हुने लामो रुटको सवारीमा २.३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक) मा ३.१ प्रतिशत र सिटी बसहरुमा ३.२६ प्रतिशतले भाडा घट्ने भएको हो । मन्त्रालयले गत जेष्ठ ११ मा बागमती...

होटलमा मृत भेटिएका प्रहरी सईको हत्या भएको पुष्टि

बागलुङ । बागलुङमा मृत भेटिएका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेलको हत्या भएको खुलेको छ । उनी मृत भेटिएका होटलका संचालक ४५ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा बिनोद कुँवरलाई पक्राउ गरी अनुसन्धान गर्दा वरिष्ठ सई हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।...

भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक समिक्षा गोष्ठी सुरु

मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ । बिहीबारसम्म संचालन हुने दुई दिने समिक्षा गोष्ठी बुधबारबाट सुरु भएको हो । गोष्ठिको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । सो क्रममा उनले प्रदेशका सबै जिल्लाबाट पूर्वाधारका काममा तीन महिना भित्र...

‘अन्तिम समयमा टेण्डर गर्ने र काम नगर्ने परिपाटीको अन्त्य गर्नुपर्छ’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले अन्तिम समयमा टेण्डर गर्ने र काम नगर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले बुधबार हेटौंडामा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक समिक्षा गोष्ठी कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशका सबै जिल्लाबाट पूर्वाधारका काममा तीन महिना...

एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठ स्थगित भएको छ । बैठक आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित भएको हो । सभामुख देवराज घिमिरेले एमालेले बेल घेराउ गर्दै नाराबाजी गरी अवरुद्ध गरेपछि बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका हुन् । एमालेले त्रिभुवन विमानस्थलबाट...

एसियाली खेलकुद अन्तरगत रग्बीको खेलाडीमा मकवानपुरका बिक्रमसहित १२ जना

मकवानपुर । चीनमा हुने १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी प्रतियोगिताको अन्तिम खेलाडीको नामावली सार्वजनिक गरिएको छ । चीनको होङझावमा हुने प्रतियोगितामा १२ जना नेपाली खेलाडीको अन्तिम नामावली सार्वजनिक भएको हो । जसमा मकवानपुरबाट पनि एक जना खेलाडीले स्थान पाएका छन् । प्रतियोगितामा राष्ट्रिय टोलीका मकवानपुरे प्रतिनिधि बिक्रम...

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

बारा । बारामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माईती घरमा बस्दै आएकी २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको आरोपमा मोहमदलाई पक्राउ गरेको...