शुक्रबार सुनचाँदीको भाउ स्थिर

तु खबर संवाददाता
२०८० श्रावण १९, शुक्रबार १५:४८

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । बिहीबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा करोबार भएको चाँदीको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।