हेटौंडा–२ मा युवा संघको कमिटी गठन
मकवानपुर । हेटौंड़ा उपमहानगरपालिका वड़ा नम्बर २ मा राष्ट्रिय युवा संघ नेपालको कमिटी गठन गरिएको छ । जितेन जंग कार्कीको संयोजकमा १३ सदस्यीय आयोजक कमिटी गठन गरिएको हो ।
युवा संघ सचिवमा किरण खनाल लगायतका चयन भएका छन् । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य भोजराज ढकाल, राष्ट्रिय युवा संघका नेताहरू नरेन्द्र भण्डारी, लक्ष्मण उप्रेती, राजेश नगरकोटी, खेलकूद महासंघ केन्द्रीय सदस्य चन्द्र शाही लगायतकाको उपस्थिती रहेको थियो ।
