७ लाख ५२ हजार ९५६ जना पार्टी सदस्य रहेको माओवादीको दाबी

तु खबर संवाददाता
२०८० श्रावण १७, बुधबार १७:३९

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी ७ लाख ५२ हजार ९५६ जना सदस्य संख्या रहेको दाबी गरेको छ ।

बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सदस्य संख्या पनि सार्वजनिक गरेका हुन् ।

उनका अनुसार, माओवादीले सबैभन्दा धेरै पार्टी सदस्य बागमती प्रदेशमा रहेका छन् । बागमतीमा १ लाख ४७ हजार ३५३ जना सदस्य संख्या रहेका छन् ।

यसैगरी, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको माओवादी केन्द्रको दाबी छ ।

त्यस्तै, सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौं उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ ।