कोशीमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीले लिए शपथ
काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापासहित तीन मन्त्रीले शपथ लिएका छन् ।
मुख्यमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै अन्य मन्त्रीले पनि सपथ लिएका हुन् ।
शपथ लिने मन्त्रीहरुमा क्रमशः खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री प्रदीपकुमार सुनुवार, सडक पूर्वाधार तथा भौतिक विकासमन्त्री कमलप्रसाद जबेगु र आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतम रहेका छन् ।
कांग्रेसका सुनुवार र नेकपा एकीकृत समाजवादीका गौतम दुवै ओखलढुंगाबाट निर्वाचित प्रदेश सांसद हुन् । यस्तै, मन्त्री गौतम निर्वतमान सभामुख हुन् । उनी माओवादी केन्द्रको तर्फबाट योजनामन्त्री बनेका हुन् ।
मुख्यमन्त्री थापा मंगलबार नियुक्त भएका हुन् ।
