हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण १७, बुधबार १७:३१

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा धनुषाको महेन्द्रनगर नगरपालिका–१६ बस्ने १८ बर्षीय रबि कुमार महरा र पर्साको वीरगंज महानगरपालिका–९, रानीघाट बस्ने ३१ वर्षीय धनराज गिरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रदेश प्रहरीका अनुसार, उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले बुधबार लागऔषध गाँजा ९ किलो १५० ग्रामसहित पक्राउ गरेको हो ।

बुधबार चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना ८ ख ७३४६ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने बसमा सवार महरा र गिरीको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।