नारायणी नदीमा हाम फालेर मृत्यु भएकी महिलाको सनाखत
चिवतन । चितवनको नारायणी पुलबाट नदीमा हाम फालेर मृत्यु भएकी महिलाको सनाखत भएको छ । मृतक महिला मकवानपुरको हेटौंडा उपमहागरपालिका वडा नं.२ की ५२ वर्षीय उमा कुमारी रेग्मी पराजुली रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, उनी गत बिहीबार बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हाम फालेकी थिइन् । नदीमा हाम फालेको देखेपछि प्रहरीले अचेत अवस्थामा उद्धार गरेको थियो ।
उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । प्रहरीले कानूनी प्रकृया पूरा गरी शव मृतकको आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
