पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथमा यातायात सुचारु

तु खबर संवाददाता
२०८० श्रावण २१,आईतवार १६:०४
file-photo

मकवानपुर । पहिरोसहित ठूलो ढुंगा खसेर अवरुद्ध बनेको बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथमा यातायात सूचारु भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडामा आज बिहान पहिरासहित माथिबाट खसेको ठूलो ढुंगाका कारण अबरुद्ध बनेको यातायात सुचारुमा आएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाएको छ ।