भीभीआइपी र भीआइपीको स्वास्थ्य उपचार समिति गठन
काठमाडौं । सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो ।
समितिमा प्रा.डा. भगवान कोइराला, डा. सन्दुक रुइत, डा. भोला रिजाल, प्रा. डा. शैली प्रधान, प्रा.डा. रविमान श्रेष्ठ, प्रा डा किरणप्रसाद श्रेष्ठ, प्रा.डा. रत्नमणि गजुरेल, प्रा डा सुवास आचार्य, प्रा.डा. शशि शर्मा, प्रा.डा. रमेश चाखनी, सह प्रा.डा. ध्रुव गैरे, डा पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी र डा. अनन्त अधिकार सदस्य रहेका छन् ।
उक्त समितिले वीर अस्पतालबाट भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार गर्ने, उपचार व्यवस्थापनको आवश्यक कार्यसूची तयार गर्ने, विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टिकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गर्नेछ ।
