गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीन जना घाइते
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीन जना घाइते भएका छन् ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घाइते तीनै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
