देशभर डेंगू संक्रमितको संख्या ७७३३ पुग्यो, सात जनाको मृत्यु
काठमाडौं । देशभर डेंगूको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म उक्त संख्यामा डेंगू संक्रमित फेला परेका हुन् ।
सो अवधिमा सात जना डेंगू संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा डेंगूका चारवटै सेरोटाइप देखिएको छ ।
सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।
