समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी संचालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी संचालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध बनेको थियो । सो...

रोल्पामा बस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

दाङ । रोल्पामा मंगलबार बस दुर्घटना हुँदा तीन गम्भीर घाइते भएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका– ७ मा तिलाबजार नजिकै बस दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर दुई जना पुरुष र एक जना महिला गरी तीन जना गम्भीर घाइते भएका हुन्...

बाढीले नेपाल–भारत सीमा स्तम्भ बगायो

धनगढी । अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल–भारत सीमा स्तम्भ बगाएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–९ स्थित भैंसीघाटमा रहेको एक वटा नेपाल–भारत सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार, नेपाल तर्फका ७४८–३ नम्बरको सीमा स्तम्भ बगाएको हो ।

राप्रपा नेपालद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौं । राप्रपा नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक आगामी भादौ ७ र ८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको हो । राप्रपा नेपाल पुनर्जागरणपछि बस्ने केन्द्रीय समिति बैठक पार्टी जीवनका लागि महत्त्वपूर्ण रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक...

पूर्वी मकवानपुरको बागमतीमा ६ घर डुवानमा

मकवानपुर । मकवानपुरको पूर्वी भेगमा पर्ने बागमती गाउँपालिका वडा नम्वर ४, झुरझुरेमा आज बिहान बागमती खोलाको बाढी पसेर ६ घर डुवानमा परेको छ । खोलाको बाढी पसेर ६ घर डुवानमा परेको इलाका प्रहरी कार्यालय फापरबारीका वरिष्ठ प्रहरी नायव उपरीक्षक अर्जुन देवकोटाले जानकारी दिए । उनका अनुसार, डुवानमा परेका स्थानीयहरुको...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने भएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । यस्तै,...

नारायणगढ– मुग्लिन सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, अहिले सडक डिभिजन कार्यालयको सहितको टोलीले सडक खुलाउने प्रयास भइरहेको छ । पहिरोको कारण उक्त राजमार्ग भएर गुड्ने सवारी साधन...

मकवानपुर पहिरो अपडेट : बेपत्ता बेपत्ता भएकाहरुको पहिचान खुल्यो

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५, सिक्रे दोभानस्थित आज बिहान पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनाको पहिचान खुलेको छ । बिहान अविरल वर्षाको कारण भल पहिरो आई स्थानीय अन्दाजी ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा बेपत्ता भएका ६ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बेपत्ता...

मकवानपुरमा पहिरोमा परी एक जनाको मृत्यु, ६ जना बेपत्ता

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५, सिक्रे दोभानस्थित आज बिहान पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । अविरल वर्षाको कारण भल पहिरो आई स्थानीय अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा उनकी श्रीमती सन्तमाया स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर...

हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोपथ सडकखण्ड अवरुद्ध बनेको छ । गएराति मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११ लामराङस्थित वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । गएरातिदेखि लगातार वर्षा भइरहेकोले...