समाचार
देउता चढेको भन्दै लठ्ठी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ
सल्यान । सल्यानमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । हत्याको आरोपमा प्रहरीले जिल्लाको शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीलाई पक्राउ गरेको हो । नवीनलाई आफ्नै आमा ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।...
‘तीन दलले देशलाई बन्धक बनाउन मिल्छ ?’
काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको बैठकमा तीन दल मिलेर देशलाई बन्धक बनाउन मिल्छ भन्दै प्रश्न गरेका छन् । उनले निर्वाचन प्रणालीमा समावेशी, समानुपातिक तथा अन्य नाम दिएर संविधान बनाइएको भएतापनि तीन दल मिलेर पुरै देश र संसदलाई बन्धक बनाउन खोजेको आरोप लगाए । लिङ्देनले भने,...
धनुषामा बाढीः श्रीमान र श्रीमती बेपत्ता
धनुषा । अविरल वर्षाका कारण धनुषाको कमला नदीमा आएको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका वडा नम्वर ७ बस्ने वर्ष ३५ का साजन परियार र उनकी श्रीमती वर्ष ३० की माया परियार छन् । आज दिउँसो १ बजे उनीहरुलाई नदीले बगाएको जिल्ला...
उच्च अदालत पाटन हेटौंडाबाट ७५ प्रतिशत मुद्दा फछ्र्यौट
मकवानपुर । उच्च अदालत पाटन, हेटौंडा इजलासबाट एक वर्षको अवधिमा १ हजार ३ सय वटा अर्थात ७५ दशमलव ३६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासका रजिष्टार जगदिशप्रसाद भट्टले गत आर्थिक वर्ष ०७९/०८० मा नयाँ दर्ता भएको मुद्दा र जिम्मेवारी सरी आएको मुद्दामध्ये उक्त प्रतिशत...
मंगलबार शेयर बजारमा गिरावट
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । सोमबार झिनो अंकले गिरावट आएको नेप्सेमा आज २८ अंकको गिरावट आएको हो । मंगलबार नेप्सेमा गिरावट आउदा शेयर बजार २०१९ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको ४८ लाख...
अवैध गाँजासहित मकवानपुरका दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित सोमबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ पेन्चेबाट अवैध लागूऔषध गाँजा १० किलो ९ सय ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–८ बस्ने ३० वर्षीय तुल बहादुर रुम्बा र उनकै श्रीमती निर कुमारी...
हेटौंडामा थप १० जनामा डेंगू संक्रमण
मकवानपुर । मकवानपुरको हेटौंडामा थप १० जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जनामा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, मंगलबार थपिएसँगै हेटौंडामा डेंगू संक्रमणको कूल संख्या ४० जना पुगेको छ । जसमा १९...
पहिरोका कारण अवरुद्ध कान्तिलोकपथमा यातायात सुचारु
मकवानपुर । पहिरोका कारण अवरुद्ध बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोपथ सडकखण्डमा यातायात संचालनमा आएको छ । गएराति मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११ लामराङस्थित वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज अपराह्न साढे २ बजेबाट यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव...
रोल्पा बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु
रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–७ तिला रिचि गाउँ भन्ने ठाउँमा भएको दुर्घटनामा परेर चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृत्यु हुनेहरुमा रोल्पाको माडी गाउँपालिका–२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय...
सहकर्मीको घरमा पुगेर दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ
विराटनगर । मध्यरातमा पूर्व महिला कर्मचारीको घरमा पुगेर गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जाँडरक्सीले मातेर रातको समयमा पूर्व महिला कर्मचारीको घरमा पुगेर हो–हल्ला गर्दै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतोलाई पक्राउ...










