मंगलबार शेयर बजारमा गिरावट

तु खबर संवाददाता
२०८० श्रावण २३, मंगलवार १६:५५

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ ।

सोमबार झिनो अंकले गिरावट आएको नेप्सेमा आज २८ अंकको गिरावट आएको हो । मंगलबार नेप्सेमा गिरावट आउदा शेयर बजार २०१९ को विन्दुमा कायम भएको छ ।

यस्तै, आज नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको ४८ लाख ६० कजार कित्ता शेयर किनबेच हुँदा १ अब ७३ करोड ७० लाख १४ हजारको कारोबार भएको छ ।

नेप्सेमा गिरावट आएसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ । मंगलबार सर्वाधिक ट्रेडिङ उपसूचक २.७० र फाइनान्स उपसूचक २.६९ प्रतिशतले घटेको छ ।