पहिरोका कारण अवरुद्ध कान्तिलोकपथमा यातायात सुचारु
मकवानपुर । पहिरोका कारण अवरुद्ध बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोपथ सडकखण्डमा यातायात संचालनमा आएको छ ।
गएराति मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११ लामराङस्थित वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज अपराह्न साढे २ बजेबाट यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, हाल त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानी सडकखण्डमा पनि यातायात संचालनमा रहेको छ ।
