समाचार

मकवानपुरमा विषालु च्याउ खाँदा ६ जना बिरामी

मकवानपुर । मकवानपुरमा जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा ६ जना बिरामी परेका छन् । च्याउ खाएर जिल्लाको राक्सिराङ गाउँपालिका–२, औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका हुन् । बिरामी पर्नेहरुमा राक्सिराङ–२ औडारका २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय...

किशोरीलाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

बाँके । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार दैलेखबाट एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका–६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावल रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, रावलले ती किशोरीलाई गत...

राष्ट्र बैंकले पेन्सन कोषको १ अर्ब १५ करोड ब्याजमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १ अर्ब १५ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले २०८० भदौ ३ गतेदेखि आगामी वर्ष २०८१ भदौ ३ गतेसम्म कुल ३६६ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो । मंगलबार एक सूचना जारी गर्दै...

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी...

मकवानपुर पहिरो अपडेट : थप दुई जनाको शव फेला

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नं.५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये आज बिहान दुई जनाको शव फेला परेको छ । मंगलबार बिहान वर्षासँगै आएको भल पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये स्थानीय ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव फेला परेको मकवानपुरका प्रहरी नायव...

सभामुख घिमिरेद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । बैठक आज बिहान संसद् भवन बानेश्वरमा ११ः३० बजे बस्ने गरी आह्वान गरिएको हो । संसद् बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् । संसद्को अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि...

बाढीले बगाउँदा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मंगलबार बाँके खोलामा शव फेला...

मकवानपुरमा ११६८ जनाले भरे एसईईको मौका परीक्षा फारम

मकवानपुर । मकवानपुरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (मौका परीक्षा) मा सहभागी हुन एक हजारभन्दा बढीले परीक्षा फारम भरेका छन् । एसईईको ग्रेडवृद्धि मौका परीक्षामा सहभागी हुन एक हजार १ सय ६८ जना विद्यार्थीले परीक्षा फारम भरेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । यही शुक्रबार...

हेटौंडामा २९ औं तामाङ प्रशारण दिवस मनाइने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा २९ औं तामाङ प्रशारण दिवस मनाइने भएको छ । तामाङ पत्रकार संघ मकवानपुर कार्यसमितिको बैठकले आगामी भदौ १ गते तामाङ प्रशारण दिवस मनाउने निर्णय गरेको हो । बैठकले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्दै मकवानपुर जिल्लाले दिवस मनाउने निर्णय गरेको संघका अध्यक्ष...

मकवानपुर पहिरो अपडेट : बेपत्ता भएकामध्ये एक जनाको जीवितै उद्धार

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नं.५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका वडा नं. १ कोकटी बस्ने १७ बर्षीय पासाङ घिसिङको मंगलबार साँझ उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका...