मकवानपुरमा विषालु च्याउ खाँदा ६ जना बिरामी

तु खबर संवाददाता
२०८० श्रावण २४,बुधबार १५:४८
file photo

मकवानपुर । मकवानपुरमा जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा ६ जना बिरामी परेका छन् । च्याउ खाएर जिल्लाको राक्सिराङ गाउँपालिका–२, औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका हुन् ।

बिरामी पर्नेहरुमा राक्सिराङ–२ औडारका २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा, आमेस चेपाङ र अर्का एक जना पुरुष रहेका छन् । विकास, सन्तोष र सुनिमाया एकै परिवारका सदस्य हुन् ।

च्याउ खाएपछि बान्ता आउनेलगायत समस्या भएपछि उनीहरुलाई सरिखेत स्वास्थ्य चौकीमा उपचार समान्य उपचार गराई आइसियुसहितको थप उपचार पश्चात थप उपचारको लागि चितवनको भरतपुर पठाइएको स्वाथ्य चौकीका प्रमुख प्रकाश कार्कीले जानकारी दिए ।